About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

मधुमल्ला, २८ जेठ
मोरङको मिक्लाजुङमा अन्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) ले गाउँ समितिले शनिबार प्रतियोगिता गराएको हो ।
प्रतियोगितामा आधारभुत तहतर्फ रिलायन्स बोर्डिङका जसिका श्रेष्ठ प्रथम, नोबेल्टी इङ्लिस स्कुलका उत्सव खनाल दोस्रो र मदर मधुमल्लाका मुबिना श्रेष्ठ तेस्रो भए । माध्यमिक तहतर्फ रिलायन्सका सबिन थापा प्रथम, मदर मधुमल्लाका सुजन बुढाथोकी दोस्रो र क्लासिकल इङ्लिस स्कुलका विवस श्रेष्ठ तेस्रो भए । विजेता विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्याव्सन मोरङका उपाध्यक्ष सुरेन्द्र सुवेदीलगायत अतिथिहरुले पुरस्कार र प्रमाण पत्र प्रदान गरेका थिए । प्रतियोगितामा आधारभुत तहतर्फ प्राकृतिक सौन्दर्य तथा माध्यमिक तहतर्फ प्राकृतिक विपत्ति झल्काउने चित्र बनाउन लगाइएको थियो । विजेता विद्यार्थीहरु जिल्लास्तरीय प्रतियोगिताका लागि छनोट भएका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय