About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

झापा,इलाममा भएको सवारी दुर्घटनामा कर्णाली बचत तथा ऋण सहकारी संस्था विर्तामोठका उपाध्यक्ष इश्वरी प्रसाद खरेलको मृत्यू भएको छ। कर्णालीसाकोसका पदाधिकारी र कर्मचारी सवार गाडी इलामको हर्कटेमा दुर्घटना हुँदा उपाध्यक्ष खरेलको मृत्यू भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार कर्णाली साकोसका पदाधिकारी चढेको स्करपियो बिर्तामोडबाट इलाम तर्फ जादै गर्दा साँझ साढे ७ बजेतिर हर्कटेमा बाटोभन्दा तल झरेको थियो ।इलामको फिक्कलमा सेवाकेन्द्र विस्तार गर्ने सिलशिलामा आज शनिबार स्थानीय बासिन्दाहरुसँग छलफल गर्न उहाँहरु हिजै साँझ इलाम जादै हुनुहुन्थ्यो । संस्था सञ्चालक समितिका सदस्य गणेश पराजुलीले उहाँको निजी स्कारर्पियो हाक्नुभएको थियो । अध्यक्ष टसबहादुर प्रधान, उपाध्यक्ष ईश्वरीप्रसाद खरेल, कोषाध्यक्ष एकराज विष्ट, कर्मचारीहरु लेखा शाखाका प्रमुख डिल्ली बस्नेत र कर्जातर्फका सन्तोष श्रेष्ठ यात्रामा हुनुहुन्थ्यो । चालक बाहेक घाइतेहरुको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय