
काठमाडौँ,गएराती काठमाडौंमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राती २ बजेर ३६ मिनेट जाँदा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । भक्तपुरको चाँगुनारायण आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको केन्द्रले जनाएको छ । रातीको बेला भूकम्पको धक्का काठमाडौं उपत्यकाका तीनै जिल्लाका महसुस गरिएको छ ।



