About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २७ जेठ
सात प्रदेशका सात जना उत्कृष्ट बाल प्रतिभा भोलि हेटौंडामा हुने एक कार्यक्रममा सम्मानित हुँदैछन् । प्रथम राष्ट्रिय बालसाहित्य उत्सवमा उनीहरुलाई सम्मान गरिने भएको हो । उक्त कार्यक्रममा प्रदेश १ बाट झापा दमक–५ की अन्वेशा चापागाईँ सम्मानित हुँदैछिन् । प्रदेश १ बाट उत्कृष्ट बाल प्रतिभाको रुपमा अन्वेशा छनोट भएकी हुन् ।
को हुन् अन्वेशाः
अन्वेशा दमक–५ निवासी पिता डा. नवीन चापागाई र माता सकुन्तला गुरागाईकी सुपुत्री हुन् । कक्षा पाँचदेखि नै विभिन्न कथा लेख्दै आएकी उनी अहिले आठ कक्षामा अध्ययनरत छिन् । सानै उमेरमा अंग्रेजी साहित्यमा रुचि राख्ने अन्वेशाको ‘द इमाजिनेशन’ नामक अंग्रेजी कथा संग्रह २०७६ सालमा प्रकाशित भएको छ । उनको अंग्रेजी उपन्यास ‘जोदान एण्ड आरोन’ प्रकाशोन्मुख कृति हो ।
प्रदेश १ की अन्वेशासहित मधेशबाट अभिजित राम, बागमतीबाट अनुज्ञा नेपाल, गण्डकीबाट अनुराग सापकोटा, लुम्बिनीबाट पवन अधिकारी, कर्णालीबाट नवीन पाण्डे र सुदुरपश्चिमबाट ऋष्टिना करियाप्रधान थारु सम्मानित हुने भएका हुन् । यस्तै यस वर्षको लोकनाथ न्यौपाने स्मृति अग्रज बाल साहित्य सम्मानबाट अन्वेषक तथा अग्रज बालसाहित्यकार प्रमोद प्रदानलाई सम्मान गरिने जनाईएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय