About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, ३१ असार
नेकपा एमालेका दुई समूहबीच एकता गर्न भएको दश बुँदे सहमति एक साता नपुग्दै संकटमा परेको छ । निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको मंगलबार र बुधबारका अभिव्यक्तिले दश बुँदे सहमति कार्यान्वयन प्रक्रिया प्रभावित बनेको छ ।
ओलीले आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई गम्भीर आरोप लगाउँदै गद्दारको संज्ञा दिएका छन् । उनले माधव समूहका नेतालाई कमीकमजोरी महसुस गरेर पार्टीमा आएर काम गर्न चाहे मौका दिने तर नेपालको हकमा आत्मालोचना, गल्ती कमजोरी स्वीकार गर्ने कुनै ठाउँ नभएको बताएका छन् ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेर पार्टीभित्र अपराध गरिएको उनको निष्कर्ष छ । ओलीका यी अभिव्यक्तिले एमालेको एकता प्रक्रियामा दुरी बढाइदिएको छ भने दशबुँदे सहमति संकटमा परेको छ । अध्यक्ष ओलीको अभिव्यक्ति र उनी समर्थकहरुको गतिविधिका कारण एकता प्रक्रिया अलमलमा परेको नेपाल समूहको बुझाई छ । बुधबार ओलीलाई बालुवाटारबाट बालकोटसम्म स्कर्टिङ गरेका कार्यकर्ताहरुले नेता नेपाल विरुद्ध चर्को नारा लगाएका थिए । अहिले ओली निकट नेताहरु नेपालसँग एकता सम्भव नरहेको बताउन थालेका छन् । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङ माधव नेपाल सहितको एकता सम्भव नरहेको बताउँदै नेपाल बाहेकको एकता हुने बताउँछन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय