About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २७ जेठ
मोरङको उर्लाबारी–१ स्थित मधुमल्ला चिल्ड्रेन एजुकेशनल एकाडेमीमा एक दिने आँखा जाँच शिविर सम्पन्न भएको छ । विद्यालयका ६ देखि १८ वर्षसम्मका विद्यार्थीलाई लक्षित गरेर आयोजना गरिएको शिविरमा ३२५ जना विद्यार्थीको आँखा जाँच गरिएको विद्यालयको संस्थापक÷प्रिन्सिपल नेत्रप्रसाद गड्तौलाले जानकारी दिए ।
विराटनगर आँखा अस्पतालका सामाजिक कार्यकर्ता चन्द्रशेखर महत र सुनिलकुमार सरदारले विद्यार्थीको आँखा जाँच गरेका थिए । तीमध्ये ४५ जनामा सामान्य र १८ जनामा जटिल प्रकारको समस्या देखिएको प्रिन्सिपल गड्तौलाले बताए । आँखामा समस्या देखिएका विद्यार्थीको उर्लाबारीस्थित आँखा उपचार केन्द्रमा विस्तृत जाँच गरेर औषधी र चस्मा निःशुल्क प्रदान गरिने विराटनगर आँखा अस्पतालका चन्द्रशेखर महतले जानकारी दिए । उनका अनुसार शल्यक्रिया गर्नु परेमा विराटनगर आँखा अस्पतालमा लगेर निःशुल्क शल्यक्रिया गरिने छ ।
मधुमल्ला चिल्ड्रेन एकाडेमीले प्रत्येक वर्ष विभिन्न रोगको परीक्षणका लागि स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ । यस पटक विराटनगर आँखा अस्पतालले शिविर सञ्चालन गरेको हो । प्रिन्सिपल गड्तौला मोरङमै सस्तो शुल्कमा गुणस्तरीय शिक्षा दिने विद्यालय मधुमल्ला चिल्ड्रेन एकाडेमी भएको दाबी गर्छन् । उर्लाबारी–१ र मिक्लाजुङका दुर्गम क्षेत्रका जनजाति र दलित विद्यार्थीका बाहुल्यता रहेको यो विद्यालयले समय समयमा अभिभावकसँग विद्यार्थीको पढाइका बारेमा छलफल गर्नुका साथै गुणस्तरीय शिक्षाका लागि अनेक गतिविधि सञ्चालन गर्दै आएको भाइस प्रिन्सिपल इन्द्र गौतमले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय