About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

 

बिराटनगर,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले एमाले अरु पार्टी सँग तुलनै गर्न नसकिने गरीको मजबुद पार्टी रहेको दाबी गर्नुभएको छ । बिराटनगरमा नेकपा एमाले मोरंगले आयोजना गरेको अगुवा पार्टी कार्यकर्ता भेलालाई सम्वोधन गर्दै अध्यक्ष ओलीले एमाले सँग असाधारण प्रतिष्पर्धी क्षमता रहेको हुनाले निराश नभई अघि वढन कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो नेकपा एमाले यस्तो पार्टी हो एक्लै लडन त कसैले हिम्मतनै गर्दैनन ।स्थानीय तहको चुनाबमा प्राविधिक रुपमा एमालेको सिट संख्यामा केहि कमी देखिएपनि लोकप्रिय मत एमालेकै धेरै रहेको अध्यक्ष ओलीले प्रष्ट पार्नुभयो । अध्यक्ष ओलीले पाँच दलीय गठबन्धन एमालेको घुँडासम्म मात्रै आउने तर्क गर्नुभयो । उहाँले भन्नुभयो, ‘गठबन्धनको उचाइ एमालेको घुँडासम्म मात्रै हो, बराबरीको सपना नदेखे हुन्छ । आगामी निर्बाचनका लागि एमालेले तयारी सुरु गरिसकेको पनि अध्यक्ष ओलीले बताउनुभयो । उहाँले मोरंगका ६ निर्वाचन क्षेत्र र १२ प्रदेश क्षेत्रमा चुनाब जीत्ने गरि लाग्न एमाले मोरंगलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो “गठवन्धनको चिन्ता नलिनुस आफै फुटछ । लोभीपापीहरु खानका लागि एकैठाँउ बसेका छन सिंग जुधेर टाउको जुधेर बिनास बाहेक अर्को बाटो छैन । ”गठवन्धनलाई दबाई गर्नुपर्ने भए केन्द्रमा आफूहरु रहेको जनाउदै नेता कार्यकर्तालाई आत्मविश्वासका साथ आफनो काममा लाग्न निर्देशन दिनुभयो । उहाँले नयाँ जनप्रतिनिधिको कार्यकाल सफल बनाउन पार्टीको तर्फबाट भरपुर सहयोग रहने बतउनुभयो । जनप्रतिनिधलाई विकास र सम्वृद्धिको काममा दत्तचित्त भएर लाग्न निर्देशन दिनुभयो । अध्यक्ष ओलीले प्रतिक्रियाबादीहरु सँग बोली नमिलाउन आफनै पार्टीका नेता कार्यकर्ताहरुलाई समेत निर्देशन दिनुभयो । कार्यक्रममा एमाले स्थायी कमिटि सदस्य भानुभक्त ढकाल,एमाले केन्द्रीय सदस्य मोरंग इन्र्चाज बिनोद ढकाल,मोरंग अध्यक्ष ऋषिकेश पोखरेल लगायत बोल्नुभयो । बिभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गरेका ब्यक्तिहरुलाई एमाले अध्यक्ष ओलीले खादा लगाई एमालेमा स्वागत गर्नुभयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय