About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २७ जेठ
मोरङको मिक्लाजुङ–९ की तुलसादेवी अधिकारीले बजाजले नयाँ वर्ष २०७९ को अवसरमा ल्याएको ‘बजाज पाँचको पन्च’ को बम्पर उपहार जितेकी छिन् । उर्लाबारी बजाज शो रुम तथा श्री गणेश ट्रेड लिंकबाट गत महिना मोटरसाइकल खरिद गरेकी उनले बम्पर उपहार अन्तर्गत १० लाख रुपैयाँ प्राप्त गरेकी हुन् ।


आज एक कार्यक्रमका बीच उनलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको छ । श्री गणेश ट्रेड लिंकका प्रोपाइटर रामनारायण शाह, गोल्छा ग्रुपका सिनियर रिजनल अफिसरहरु जनार्दन निरौला र जोसन बिष्ट र टेक्निकल रिजनल अफिसर सुमन यादवले अधिकारीलाई चेक हस्तान्तरण गरे ।
नयाँ वर्षमा बजाजले सोचेर, हेरेर, किनेर, भनेर अनि बम्बर जितेर ५ पटकसम्म पुरस्कार जित्ने मौका दिएको थियो । उक्त पाँचै चरण पार गरेर तुलसादेवी अधिकारीले १० लाख रुपैयाँ प्राप्त गरेकी हुन् । सो अवसरमा बजाज शो रुम उर्लाबारीका प्रोपाइटर रामनारायण शाहले बम्पर अफर प्राप्त गरेकोमा अधिकारीलाई बधाई दिँदै रकमको सही सदुपयोग गर्न आग्रह गरे ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय