About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २७ जेठ । मोरङको उर्लाबारी–७ मा बेवारिसे अवस्थामा भेटिएका बिरामीलाई आफन्तको जिम्मा लगाइएको छ ।
बेवारिसे अवस्थामा फेला परेका इटहरीका विशाल लिम्बूलाई उपचारका लागि उर्लाबारी वडा नं. ७ की ममता आलेमगर, सरोज बस्नेत, सविता धिमाल र कुमार खड्काको पहलमा मदन भण्डारी ट्रमा सेन्टर एण्ड अस्पतालमा लगिएको थियो । सञ्चारकर्मीसमेत रहनुभएका बस्नेतले सामाजिक सञ्जालमा बिरामीको तस्बीरहरु पोष्ट गरेपछि आफन्तहरु सम्पर्कमा आउनुभएको छ । कामको शिलशिलामा ताप्लेजुङ जानुभएका विशाल एक सातादेखि हराएको आफन्तहरुले जानकारी दिएका छन् । विभिन्न स्थानहरुमा खोजी कार्य गरेपनि विशाल फेला पर्नुभएको थिएन । शुक्रबार सामाजिक सञ्जालमा बिरामी अवस्थाको पोष्ट देखेपछि आफन्त सम्पर्कमा आएको सामाजिक कार्यकर्ता ममता आलेमगरले जानकारी दिनुभयो । मदन भण्डारी ट्रमा सेन्टर एण्ड अस्पतालमा विशालको उपचार निःशुल्क गरेको थियो भने थप उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिने आफन्तले बताएका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय