About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २६ जेठ
नेकपा एमालेले प्रदेश नं. १ को नामकरणको विषयमा सहजीकरण गर्न संसदीय समिति गठन गरेको छ । प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीको संयोजकत्वमा गठित पाँच सदस्य समितिको सदस्यमा एमाले सांसदहरु जीवन घिमिरे, उषाकला राई, जगदीशप्रसाद कुसियत र अर्जुन राई छन् ।
प्रदेशको नामका विषयमा विभिन्न ढंगले छलफल गर्नुपर्ने भएकोले संसदीय समिति गठन गरेको संयोजक कार्कीले बताए । समितिले प्रदेशको नाम राख्ने विषयमा पहिले आफ्नो दलभित्र छलफल गरी सहमतिका आधारमा नाम टुंगो लगाउन पहल गर्ने बताइएको छ ।
प्रदेश १ मा नेकपा एमाले अहिले प्रमुख प्रतिपक्षी दल छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्मिलित गठबन्धन सरकार छ । सरकारले नामको विषयमा छलफल गर्न स्वास्थ्यमन्त्री जयराम यादवको संयोजकत्वमा समिति समेत गठन गरेपनि उक्त समितिले छलफल अघि बढाउन सकेको छैन ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय