About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

इटहरी, नेकपा एमाले मोरङ्गका अध्यक्ष ऋषिकेश पोखरेलले चौतर्फी घेराबन्दीका बिचपनि मोरङ्गमा एमाले पहिलो पार्टी बनेको बताउनुभएको छ । सप्तकोशी एफएमको कार्यक्रम सप्तकोशी बहसमा कुरा गर्दै उहाँले भन्नुभयो “स्थानीय तह निर्बाचनमा मोरङ्गमा एमालेको उपस्थितिनै रहदैन भन्ने हल्ला फिँजाए तर हामी पहिलो पार्टी बन्यौं ।” मोरङ्गका नौ पालिका प्रमुख र १२ उपप्रमुखमा एमाले विजयी भएको उहाँले बताउनुभयो । मोरङ्गका १७ पालिका मध्ये ८ पालिकामा प्रमुख र उपप्रमुख दुबै एमालेले जितेको छ । बेलवारी नगरपालिकामा प्रमुख र बिराटनगर उपमहानगरपालिकामा उपप्रमुख जितेको छ । अध्यक्ष पोखरेलले एमालेले जितेका पालिकाहरु बिकास र शुसासनमा नमूना बन्ने वताउनुभयो ।

स्थानीय तहमा एमालेबाट जितेका जनप्रतिनिधिलाई जनताप्रति उत्तरदायी बनाउन जिल्ला पार्टीले आचारसंहिता निर्माण गरि उहाँहरुकै सहमतिमा लागु गरिएको बताउनुभयो । जनप्रतिनिधिलाई अनुशासित,मर्यादित र ब्यवस्थित बनाउन आचारसंहिता लागु गरिएको उहाँको भनाई छ । आचारसंहिता उल्लंघन गरेमा पार्टी सदस्यबाट निलम्बित हुने अध्यक्ष पोखरेलले बताउनुभयो । एमालेले जीतेका सबै पालिकाहरुमा हरेक महिनाको पाँच गते जनतासँग जनप्रतिनिधि कार्यक्रम संचालन गरिने उहाँले बताउनुभयो । बर्षमा कम्तिमा दुईपटक सार्बजनिक सुनुबाई गरिने छ । चुनाबी प्रतिबद्धतालाई जनताले देख्नेगरि आफू कार्यालय आउदा पनि जाँदा पनि देख्नेगरि वोर्ड बनाएर राख्न भनिएको कार्यक्रममा अध्यक्ष पोखरेलले जानकारी दिनुभयो । कार्यक्रममा उहाँले भोली जेठ २७ गते बिहान ११बिराटनगरमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बर्तमान राजनीति र भाबी कार्यदिशा बिषयक बिचारगोष्ठिलाई सम्वोधन गर्ने जानकारी दिनुभयो । अध्यक्ष पोखरेलले प्रदेश १ सरकारको नीति तथा कार्यक्रम परम्परागत रहेको टिप्पणी गर्नुभयो । उहाँले यो सरकारबाट धेरै अपेक्षा गर्न नसकिने पनि बताउनुभयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय