
ताप्लेजुङ्गका एमाले सांसद तथा पूर्वमन्त्री योगेश भट्टराईले र्याल सिगान काडने कुर्सीमा वस्ने प्रधानमन्त्री नचाहिएको वताउनुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा वोल्दै उहाँले काम गर्ने प्रधानमन्त्री चाहिएको वताउनुभयो । उहाँले संविधान संशोधन गरेर ७० वर्ष उमेर पुगेका व्यक्तिहरूलाई कुनै पनि निकायका चुनावमा उठन नपाउने ब्यवस्था किन नगर्ने ? प्रश्न गर्नुभयो । उहाँले सबै राजनीतिक दललाई सो व्यवस्थाका लागि सहमतिमा आउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो ‘संविधान केही विषयमा संशोधन गर्नुपर्ने हुन्छ । हामीले ६५ वर्ष अथवा ५८ वर्षमा अवकाशको व्यवस्था राखेका छौं । तर राजनीतिक क्षेत्रमा यो अनियन्त्रित छ,’ ७० वर्ष नाघेका मानसिहरू कुनै पनि राज्यका निकायमा चुनावमा लड्न नपाउने व्यवस्था किन नगर्ने ?’
उहाँले सरकारले कृषकलाई आवश्यक पर्ने मल उपलब्ध नगराएको भन्दै आक्रोस जनाउनुभयो । भन्नुभयो —सरकारले मल होइन मलमा माल खोजिरहेको छ ।
भट्टराईले स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिनुभयो । स्थानीय तह मार्फत बिकास निर्माणका काम अघि वढाउनुपर्ने उहाँको भनाई छ । २७६ नगरपालिका मध्ये १सय वटामा र ४६० गाँउपालिका मध्ये १६० वटामा प्रमुख प्रशासकीय अघिकृत नरहेको जनाउदै सरकारको ध्यानाकर्षण गर्नुभयो । कुल उत्पादनको ५० प्रतिशत अलैची उत्पादन हुने जिल्ला ताप्लेजुङ्गका सांसद भट्टराईले अलैचीलाई विदेशी वजारमा लाने सुनिश्चिता नगरेको भन्दै आक्रोस जनाउनुभयो ।



