About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २५ जेठ
प्रेस चौतारी नेपाल मोरङ शाखाले शालिग्राम मञ्जु दाहाल शिक्षा पत्रकारिता पुरस्कार अग्रज पत्रकार यज्ञ शर्मा र लिलाराज भट्टराईलाई प्रदान गर्ने निर्णय गरेको छ ।
हिजो बसेको प्रेस चौतारी मोरङ जिल्ला कार्यसमितिको बैठकले २०७७ सालको पुरस्कार अग्रज पत्रकार मोरङका शर्मालाई र २०७८ को पुरस्कार सुनसरीका पत्रकार भट्टराईलाई प्रदान गर्ने निर्णय गरेको हो । प्रेस चौतारी मोरङका अध्यक्ष सुदिप कोइरालाका अनुसार प्रेस चौतारी नेपालका सचिव विक्रम लुईटेल संयोजकत्वको छनौट समितिले सिफारिस गरेको नामलाई अनुमोदन गर्दै शर्मा र भट्टराईलाई पुरस्कार दिने निर्णय गरेको हो । पुरस्कार केहि दिनभित्र औपचारिक समारोहका बिच वितरण गरिने उनले बताए ।
शिक्षासेवी शालिग्राम दाहाल र उहाँकी श्रीमति मञ्जु दाहालको नाममा स्थापित पुरस्कार प्रदेश १ मा रहि शिक्षा क्षेत्रमा क्रियाशिल पत्रकारहरुलाई हरेक वर्ष प्रेस चौतारीले वितरण गर्ने छ । २१ हजार राशिको यो पुरस्कार कोभिड महामारीलगायतका कारण २०७७ सालदेखि वितरण हुन सकेको थिएन । पुरस्कृत हुने शर्मा लामो समयदेखि मोरङलाई आधार बनाएर पत्रकारितासँगै पत्रकारिता विषय अध्यापन गराउँदै आएका छन् भने भट्टराई सुनसरीको सप्तकोशी एफएममा समाचार प्रमुखको रुपमा क्रियाशिल छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय