About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

पथरी, २४ जेठ
मोरङको पथरीशनिश्चरे नगरमा नवनिर्वाचित जनप्रतिनिधिहरुको कार्यपालिकाको पहिलो बैठकले सुत्केरी महिलाई निशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेको छ । नगर अस्पतालको सुत्केरी केन्द्रसम्म आउन र घर जानका लागि नगरका सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्सको ब्यबस्थापन गरिने निर्णय गरेको हो ।
नगर प्रमुख मोहनप्रसाद तुम्बापोको अध्यक्षताको बैठकले कार्यबिधि तयार गरी आर्थिक रूपले अति बिपन्न परिवारका लागि अबको नयाँ आर्थिक बर्षबाट नगरले निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी रूपमा संचालनको पनि निर्णय गरेको छ । बैठकले कार्यबिधि तयार गरी अति बिपन्न परिवारका लागि मृत्यु राहत कोष खडा गरिने समेत निर्णय गरेको नगर प्रमुख तुम्बापोले जानकारी गराएका थिए । साथै, बैठकले नगर उपप्रमुखको संयोजकत्व रहने स्थानीय राजस्व परामर्श समिति गठन गर्दै आगामी आर्थिक बर्षको नीति, कार्यक्रम र बजेटको तयारीका सम्बन्धमा पनि छलफल उठान गरेको छ ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय