About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २३ जेठ
सैलुन भन्ने बित्तिकै हाम्रो मानसपटलमा एउटा धारणाको विकास हुन्छ, पुरुषले सञ्चालन गर्ने । तर, उर्लाबारीकी मीरा बस्नेतले यो धारणालाई गलत सावित गरिदिएकी छिन् । केही वर्षअघिदेखि उर्लाबारीमा निल डेभिड हेयर सैलुन सञ्चालनमा ल्याएकी मीराले उर्लाबारीमै गत सातादेखि सैलुनका साथै ट्रेनिङ सेन्टर समेत सुरु गरेकी छिन् । मीराले २० लाखभन्दा बढी लगानीमा एनडी युनिसेक्स सैलुन तथा व्युटीपार्लर सुरु गरेकी हुन् ।
खासगरी केटा तथा केटी दुबैलाई हेयर सम्बन्धी सेवा दिने हिसाबले राम्रो सामानबाट सामान्य रेटमा सेवा प्रवाह गरिरहेकी छिन् उनले । आम्दानीभन्दा पनि ग्राहकको खुशी र सन्तुष्टिलाई नै सर्वोपरि रुपमा लिएकी मीराले सुपथ मूल्यमा ट्रेनिङ पनि दिँदै आएकी छिन् । अहिलेको जमानामा दक्ष जनशक्तिको अभाव भएको र दक्ष जनशक्तिले जहाँ गएर पनि सेवा गर्न सक्ने भएकोले कम मूल्यमा गुणस्तरीय तालिम प्रदान गर्दै आएको उनले बताइन् । यस्तै तालिम उनले पथरीमा पनि सञ्चालन गरेकी छिन् ।


नपढेका र अरु केही गर्न अक्षमहरुले सैलुन चलाउँछन् भन्ने मानसिकता बोकेकाहरुलाई मीराले व्यवहारिक झापड नै हानेकी छिन् । यही पेसामा नै आफ्नो भविष्य देखेकी उनले यस व्यवसायमा अन्य महिलाहरुलाई पनि आकर्षित गर्ने सोच राखेकी छिन् ।
युवाहरु देशमा रोजगार नपाएको बाहनामा बाहिरिएको समयमा मीरा भने देशमा धेरै सम्भावना भएको बताउँछिन् । नेपालमा जति स्रोत तथा साधन र अवसर अन्त नभएको बताउने उनी स्रोत साधनलाई सही सदुपयोग गर्नुपर्ने धारणा राख्छिन् । विदेश जानै परे सीप सिकेर मात्र जान उनको सुझाव छ । यहाँ तीन महिनाको ट्रेनिङ लिएर व्यवसायिक समेत बन्न सकिन्छ । शैलुन पार्लरको तालिम लिएर व्यवसायिक समेत बन्न सकिने र वैदेशिक रोजगारमा जाँदा सीप अनुसारको काम समेत पाइने भएकाले तालिम महत्वपूर्ण रहेको सञ्चालक बस्नेतले बताइन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय