About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २३ जेठ
उर्लाबारी वडा नं. ४ मा निर्वाचित जनप्रतिनिधि वडाका समस्या समाधानमा सक्रिय भएका छन् । निर्वाचित भएसँगै उनीहरु वडाका विभिन्न स्थानमा पुगेर समस्या पहिचान गरी समाधान गर्न थालेका हुन् ।
सोमबार वडाध्यक्ष कल्याणकुमार राई कार्यालयमा वडाबासीकै सेवामा तल्लीन थिए । उता, वडा सदस्यहरु शेखरनाथ दाहाल, सुरेन्द्र न्यौपाने, अमृता नेपाली प्राविधिक कर्मचारी लिएर वडाका विभिन्न स्थानमा पुगे । भानु आधारभुत विद्यालय पुगेर त्यहाँको समस्या बुझे । कतिपय कक्षाका विद्यार्थी टहरामा बसेर पढ्नु पर्ने बाध्यता रहेको पाइएको वडा सदस्य दाहालले बताए । उनी दिउँसो नै वडा नं. ४ को शिरमा प्राविधिक लिएर पुगे । वर्षामा डुबानबाट जोगिनका वडा नं. ५ तर्फबाट आएको पानीलाई नुनसरी खोलामा मिसाउन प्राविधिक स्टिमेट गराए ।
शनिबार र आइतबार विदा भएकोले आज भीडभाड हुने भएर कार्यालयमै व्यस्त भएका वडाध्यक्ष कल्याणकुमार राई पनि अघिल्ला दिनमा फिल्डमै खटेका थिए । उर्लाबारी बहुमुखी क्याम्पस टोलमा हुने डुबानलाई समाधान गर्नका लागि पैनी सफा गर्न वडाध्यक्ष राईसहित वडा सदस्यहरु जेसीवी लिएर पुगेका थिए । यो वडाको डुबानमा पर्ने सम्भाव्य क्षेत्रमा जोखिम कम गर्न आफूहरुको ध्यान केन्द्रीत भएको वडाध्यक्ष राईले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय