About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २३ जेठ
उर्लाबारीमा आगामी आर्थिक वर्षको बजेटका लागि वडाको सिलिङ तोकिएको छ । आज नगर प्रमुख गंगाप्रसाद खरेलको अध्यक्षता बसेको कार्यपालिका बैठकले जनसंख्या, क्षेत्रफल, पूर्वाधार विकास, राजश्व परिचालन र लागत सहभागिताको अवस्थालाई आधार बनाएर वार्ड सिलिङ तोकिएको प्रवक्ता भीष्मराज बुढाथोकीले जानकारी दिए ।
कार्यपालिका बैठकले प्रत्येक वडालाई न्युनतम ६० लाख रुपैयाँ सिलिङ तोकेको छ भने थप रकम चाहिँ सुत्रमा आधारित बजेट सीमाबाट वडागत तोकिएको छ । यस आधारमा सबैभन्दा बढी वडा नं. ८ लाई १ करोड २१ लाख ३१ हजार ३१ रुपैयाँ र सबैभन्दा कम वडा नं. ५ लाई १ करोड ५ हजार ३९५ रुपैयाँ सिलिङ तोकिएको छ । हेर्नुहोस् कुन वडाले कति सिलिङ प्राप्त गरेः

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय