About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २३ जेठ
उर्लाबारी बहुमुखी क्याम्पसले उर्लाबारी नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई ज्ञापन गरेको छ । आज क्याम्पसमा आयोजित कार्यक्रममा नवनिर्वाचित मेयर गंगाप्रसाद खरेल, उपमेयर मीनाकुमारी खतिवडा पौडेल, वडाध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरुलाई बधाई दिएको हो ।
सो अवसरमा नगर प्रमुख खरेलले शिक्षा र स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर आफूहरु अघि बढ्ने बताए । क्याम्पस सञ्चालनमा नगरपालिका सदैव साथमा रहने जनाउँदै उनले प्राध्यापक, कर्मचारीहरुलाई क्याम्पसको शैक्षिक स्तर उकास्न इमान्दारिताका साथ काम गर्ने आग्रह गरे । अर्को प्रसंगमा उनले समृद्ध उर्लाबारी बनाउने अभियानमा सबैको साथ र सहयोग आवश्यक रहेको बताए । सबै क्षेत्रको विकास कसरी गर्न सकिन्छ भनेर सुझाव संकलन गरिरहेको जनाउँदै मेयर खरेलले उचित सल्लाह र सुझावले नगर विकासको योजना निर्माणमा टेवा पुग्ने धारणा राखे ।


यस्तै, उपप्रमुख मीनाकुमारी खतिवडाले क्याम्पसको श्रीवृद्धिमा नगरपालिका सदैव साथमा रहने बताइन् । सरोकारवालासँग सल्लाह, सुझाव लिएर क्याम्पसलाई नमुना बनाउन केन्द्र, प्रदेशसम्म पनि योजना अघि बढाउने उनको भनाई छ । कार्यक्रममा क्याम्पसका प्राध्यापक प्रेम उपाध्यायले नगरपालिकासमक्ष क्याम्पसको माग पत्र प्रस्तुत गरेका थिए । समाजसेवी जयधर्म आचार्यले शुभकामना मन्तव्य राखेका थिए ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष पुष्पलाल ढकालको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य मुक्ति न्यौपानेले स्वागत मन्तव्य राखेका थिए भने प्राध्यापक भीष्माकुमारी रेग्मीले सञ्चालन गरेकी थिइन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय