About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २३ जेठ
उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले आफूले प्राप्त गर्ने सेवा सुविधा सामाजिक कार्यमा खर्चिने बताएका छन् । आज उर्लाबारी बहुमुखी क्याम्पसले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा मेयर खरेलले नगर प्रमुखले पाउने सेवा सुविधा लिने र उक्त रकम शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा खर्चिने बताए ।
उर्लाबारी बहुमुखी क्याम्पसमा अध्ययनरत गरिब तथा विपन्न पाँच जना विद्यार्थीको आफ्नो तर्फबाट र २० जना विद्यार्थीको नगरपालिकाको तर्फबाट पढाइ खर्च व्यहोर्ने उनले प्रतिबद्धता जनाए । ‘मेरो सेवा सुविधाबाट वार्षिक पाँच जना विद्यार्थीको पढाइ खर्च व्यहोर्छु’ उनले भने, ‘नगरपालिकाले पनि वार्षिक २० जनाको पढाइ खर्च व्यहोर्ने छ ।’ उक्त छात्रवृत्ति पाउने विद्यार्थी छनोटमा विशेष ध्यान पु¥याउन उनले क्याम्पस प्रशासनलाई आग्रह गर्दै भने, ‘कुनै आग्रह, पुर्वाग्रह नराखी गरिब तथा विपन्न विद्यार्थी छान्नुहोस् । उपयुक्त विद्यार्थी छनोट गर्नुभयो भने निरन्तरता दिन्छौं । छनोटमा राजनीति भयो भने रोक्का पनि हुन सक्छ ।’

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय