About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २३ जेठ

उर्लाबारी वडा नं. २ र ३ का विद्यालयस्तरीय फुटबल प्रतियोगिताको उपाधी सुनपकुवा मा.वि.ले जितेको छ ।

हरियाली बाल क्लब उर्लाबारी–२ डुम्रेको आयोजनामा भएको प्रतियोगिताको फाइनल खेलमा सुनपकुवा माविले ६-१ को फराकिलो गोलअन्तरले शुभकामना बोर्डिङ्लाई पराजित गरि उपाधी जितेको हो।
विजेता टीमले ६ हजार नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।यस्तै उपविजेता बनेको शुभकामना बोर्डिङ्को टीमले ४हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको क्लबका अध्यक्ष महेश भण्डारी (सक्षम) ले जानकारी दिए ।

आजको फाइनल खेलमा सुनपकुवा माविका तेन्जिङ् तामाङ्ग र शुसान लिम्बुले २/२ गोल गर्दा कप्तान रोमन श्रेष्ठ र रोजिन मोतेले १/१ गोल गरेका थिए ।यस्तै उपविजेता बनेको शुभकामनाका लागि कप्तान विवश भण्डारीले पेनाल्टीमा १ गोल गरेका थिए ।

आज भएको पहिलो सेमिफाइनल खेलमा सुनपकुवा माविले विद्याज्योति बोडिङ्लाई ८-१ को फराकिलो गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । यस्तै दोस्रो सेमिफाइनल खेलमा शुभकामना बोडिङ्ले सनसाईन बोडिङ्लाई पेनाल्टीमा पराजित गरि फाइनलको यात्रा तय गरेको थियो ।

प्रतियोगितामा सनसाईन बोर्डिङ्का बेस्ट गोलकिप्पर संगम धिमाल र मेन अफ द सिरिज विवश भण्डारी घोषीत भए । यस्तै सुनपकुवा माविका बेस्ट डिफेन्डर देवराज कार्की, बेस्ट मिडफिल्डर तेन्जिङ तामाङ ,बेस्ट फर्वाड खेम तामाङ र हाई स्कोरर कप्तान रोमन श्रेष्ठ घोषीत भए । उनीहरु सबैलाई मेडल, ट्रफी र प्रमाणपत्रले पुरस्कृत गरिएको क्वलका सदस्य निश्चल ढकालले बताए ।

बाल क्लबका अध्यक्ष महेश भण्डारी (सक्षम) को अध्यक्षतामा समापन भएको उक्त कार्यक्रममा उर्लाबारी वडा नं. २ का वडाध्यक्ष राजनकुमार कँडेलको प्रमुख आतिथ्यता रहेको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय