
उर्लाबारी, ३१ असार
मोरङको उर्लाबारी नगरपालिकाले नगर क्षेत्रमा क्रियाशील दुई पत्रकार र तीन कर्मचारीलाई पुरस्कृत गरेको छ । सातौं नगरसभाको अवसरमा नगरपालिकाले २५ हजार राशीको विकास पत्रकारिता पुरस्कार र २० हजार राशीको क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।
विकास पत्रकारिता पुरस्कारबाट पूर्वसन्देश दैनिक र नेपाली पोर्टल अनलाइनमा आवद्ध नवराज भट्टराई र क्रियाशील पत्रकारिता पुरस्कारबाट हिमशिखर टेलिभिजनका ज्योति शर्मालाई सम्मानित गरियो ।
यस्तै, उर्लाबारी नगरपालिकाले उत्कृष्ट तीन जना कर्मचारीलाई समेत सम्मान गरेको छ । स्वास्थ्य शाखा प्रमुख तोयानाथ घिमिरे, जिन्सी शाखाका नगेन्द्र तिम्सिना र होमनाथ श्रेष्ठलाई नगदसहित सम्मान गरिएको हो । उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागो, उपप्रमुख लक्ष्मीदेवी भण्डारीले पुरस्कृत पत्रकार र कर्मचारीलाई सम्मान गरेका थिए ।