About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौ, २२ जेठ

नेपाल वातावरण पत्रकार समूहले यो वर्षको वातावरण पत्रकारिता पुरस्कार कान्तिपुरकर्मी गोविन्द पोखरेललाई प्रदान गर्ने भएको छ ।

समूहले प्रत्येक वर्षको विश्व वातावरण दिवस जुन ५ मा पुरस्कार घोषणा गर्ने गरेको छ ।पोखरेलले कान्तिपुरमा विज्ञान–प्रविधि, वन्यजन्तु, जलवायु परिवर्तन तथा जैविक विविधता सम्बन्धी रिपोर्टिङ गर्दै आएका छन् ।

उर्लाबारी -३ मंगलबारे निवासी पोखरेल हाल काठमाण्डौँमा रहेर कान्तिपुरमा कार्यरत छन् ।

उर्लाबारीबाट तत्कालिन रुपमा प्रकाशन हुँदै आएको निगरानी दैनिकबाट पोखरेलले पत्रकारिता सुरु गरेका हुन् ।

अर्जुन ढकाल, चन्द्रशेखर कार्की र जुद्धबहादुर गुरुङ सम्मिलित निर्णायक मण्डलको सिफारिसका आधारमा पुरस्कारको निर्णय गरिएको समूहको विज्ञप्तिमा उल्लेख छ । सो पुरस्कारको राशि रु २५ हजार रहेको छ।

समूहको आगामी साधारणसभाको दिन पुरस्कार हस्तान्तरण गरिनेछ ।

पोखरेललाई गत वर्ष नेपाल बिज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले स्थापना गरेको बिज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार – २०७७ समेत प्रदान गरिएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय