About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २१ जेठ
उर्लाबारी वडा नं. २ र ३ का विद्यालयस्तरीय फुटबल प्रतियोगिता अन्तर्गत आज समूह चरणका खेल सम्पन्न भएका छन् । हरियाली बाल क्लब उर्लाबारी–२ डुम्रेको आयोजनामा आजबाट सुरु खेल अन्तर्गत भोलि सेमिफाइनल र फाइनल खेल हुने क्लबका अध्यक्ष महेश भण्डारी (सक्षम) ले जानकारी दिए ।
आज समूह ए बाट शुभकामना बोर्डिङ र विद्याज्योति बोर्डिङ तथा समूह वी बाट सुनपकुवा मावि र सनसाइन बोर्डिङ सेमिफाइनल प्रवेश गरेका छन् । भोलिको पहिलो सेमिफाइनल सुनपकुवा मावि र विद्याज्योति बोर्डिङ तथा दोस्रो सेमिफाइनल शुभकामना बोर्डिङ र सनसाइन बोर्डिङबीच हुन् अध्यक्ष भण्डारीले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन उर्लाबारी नगरपालिका वडा नं. २ का वडाध्यक्ष राजन कँडेलले गरे । प्रतियोगिताको विजेताले नगद ६ हजार, उपविजेताले ४ हजारसहित दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै, हाइ स्कोरर, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र फरवार्डलाई समेत पुरस्कृत गरिने अध्यक्ष भण्डारीले बताए । प्रतियोगिता सम्पन्न गर्न स्थानीय संघसंस्था र सामाजिक व्यक्तित्वहरुबाट सहयोग संकलन गरिएको उनले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय