About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २१ जेठ
मोरङको उर्लाबारीमा सुविधासम्पन्न मेडिकल हल खुल्ने भएको छ । विशेषज्ञ चिकित्सकको उपचार सेवासहित दिव्यश्री मेडिकल हल खुल्ने भएको हो ।
डेढ दशकभन्दा बढी स्वास्थ्य क्षेत्रमा अनुभव हासिल गरेका देवेन्द्र पोखरेल र एन्जिला न्यौपानेले उर्लाबारी–५ चौक (ट्याक्सी स्टेण्ड पश्चिम) मा उक्त व्यवसाय सुरु गर्न लागेका हुन् । यही जेठ २७ गते उद्घाटन गर्ने मेडिकल हलमा उक्त दिन नि:शुल्क ओपिडीका साथै औषधीमा १० प्रतिशत, ल्यावमा ५० प्रतिशत छुट दिने सञ्चालक देवेन्द्र पोखरेलले बताए ।
फार्मेसी, ल्याब सेवासहित यहाँ काठमाडौं, विराटनगरलगायतका स्थानबाट विभिन्न क्षेत्रका विशेषज्ञ डाक्टर ल्याएर उर्लाबारी र यस आसपासका बिरामीलाई सेवा दिने उद्देश्य रहेको उनले बताए । मुटु, हाडजोर्नी तथा नशा रोग, नाक, कान, घाँटी, छाला, स्त्रीरोगलगायतका विशेषज्ञ चिकित्सकको सेवा रहने उनले जानकारी दिए । साथै दैनिक फिजिसियनको सेवा, इमर्जेन्सी, इसीजी, भिडियो एक्स रे सेवा प्रदान गरिने जनाइएको छ । सुपथ मूल्यमा भरपर्दो सेवा प्रदान गर्ने सञ्चालक पोखरेलले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय