
इटहरी,मनमोहन प्राविधिक विश्वविद्यालयलाई नेपाली सेनाले चिताहा हेलिकोप्टर हस्तान्तरण गरेको छ । विश्वविद्यालयका उपकुलपति डा सुवास पोखरेलका अनुसार नेपाली सेना अन्र्तगतको सैनिक वायु सेवा प्रमुख आशिषजंग राणाले प्रदेश १ को सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनाली मार्फत मनमोहन प्राविधिक विश्वविद्यालयलाई NA039 चिताह हेलिकप्टर हस्तान्तरण गर्नुभएको हो । सो हवाईजहाज विश्वविद्यालयमा मेकानिकल इन्जिनियरिङ्ग र एरोमेटिक इन्जिनियरिङ्ग अध्यन गर्ने विद्यार्थीहरुको प्रयोगात्मक सिकाईमा प्रयोग गरिने वताइएको छ ।