About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सांसद सरिताकुमारी गिरीले नोबेल मेडिकल कलेजका हाडजोर्नी विशेषज्ञ डा विजयकुमार यादवको हत्यालाई आत्महत्या वनाउन खोजेको जनाउदै संसदमा आवाज उठाउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको सुरुमै सभामुख अग्नीप्रसाद सापकोटासँग समय माग गरी सांसद गिरीले नोबेल मेडिकल कलेजमा हाडजोर्नी विशेषज्ञ डा विजयकुमार यादवको निर्ममतापूर्वक हत्या गरिएको तर प्रशासनले घटनालाई आत्महत्यातर्फ बङ्ग्याउन खोजेको आरोप लगाउनुभएको हो । उहाँले हत्या काण्डको छानविन गर्न संसदीय छानविन समिति गठन गर्न माग गर्नुभएको छ । सांसद गिरीले भन्नुभयो, “डा विजयको हत्यालाई प्रशासनले आत्महत्या जस्तो देखाउने प्रयास गरे पनि डेरा वरिपरि डा विजयको शव घोप्टो पारिराखिएको थियो, त्यो कम्पाउण्ड बाहिर मृतकको रगत जताततै छरिएको थियो, साथै शरीरमा आक्रमणका चिह्न रहेका थिए तर घटानास्थलमा रहेका प्रमाण नेपाल प्रहरीले नष्ट गर्न खोजेको छ ।”डा विजयको हत्यामा मेडिकल कलेजकै डाक्टर, कर्मचारी र औषधि पसलेको संलग्नता रहेको मृतकको परिवारले दावी गर्दै आएको सांसद गिरीको भनाइ छ । डा यादव चैत १८ गते राती विराटनगर ४ स्थित डेरा वसेको घरको कम्पाण्डमा मृत फेला पर्नुभएको थियो । वंगलादेशदेखि एमविविएस सकेर उहाँ चार वर्षदेखि नोवेलमा कार्यरत हुनुहुन्थ्यो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय