
काठमाडौं –पेट्रोल,डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १० रुपैयाँले घटेको छ। अब पेट्रोलको मूल्य १ सय ७० रुपैयाँ प्रतिलिटर, डिजेलको १ सय ५३ रुपैयाँ र मट्टितेलको १ सय ५३ रुपैयाँ कायम भएको छ।नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार निगम सञ्चालक समितिले गएमध्यराती १२ वजेदेखि लागुहुने गरि १० रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो।
सरकारले कर समायोजन गरेर मूल्य घटाउने निर्णय गरेको थियो। खाना पकाउने ग्याँस र हवाई इन्धनको भाउ भने यथावत छ ।