
विराटनगर,सरकारले वजेटमार्फत सहकारी सस्थाहरुलाई लाग्दैआएको आयकरमा ५० प्रतिशत सम्म वृद्धि गरेकोमा सहकारी संघले आपत्ति जनाएको छ । प्रदेश नं. १ प्रदेश सहकारी संघ लि.ले विज्ञप्ती जारी गरि सहकारी सस्थाहरुलाई लाग्दै आयकरको दरमा ५० प्रतिशतसम्म बृद्धि गरि नयाँ वजेटमा नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा क्रमशः ७.५, १० र १५ प्रतिशतको प्रस्ताव गरिएकोमा विरोध जनाएको छ । संघका प्रदेश अध्यक्ष डिल्ली पोखरेल र सचिव भवानी प्रसाद दंगालले विज्ञप्ती जारी साविककै दर रेट कायम गर्न सरकारसंग जोडदार माग गर्नुभएको छ । साविककै दररेट कायम नगरे शसक्त प्रतिरोध हुने चेतावनी दिइएको छ । सहकारी ऐन २०७४ ले गाउँपालिकामा रहेका सहकारी संघ÷संस्थालाई शुन्य प्रतिशत र नगरपालिकामा ५ , उपमहानगरपालिका ७ तथा महानगरपालिकामा१० प्रतिशत आयकर लाग्ने ब्यवस्था छ ।



