About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा पहिरोले पुरिएर ज्यान गुमाएका दुई जना मजदुरका परिवारलाई क्षतिपूर्ती दिन माग गरिएको छ । नेकपा एमाले प्रदेश १ अध्यक्ष,संखुवासभाका प्रदेशसभा सदस्य पूर्व आर्थिक मामिला तथा योजना मन्त्री तुलसी न्यौपानेले निर्माणकर्मीका परिवारलाई उचित राहत तथा क्षतिपूर्तीका लागि नेपाल सरकारसँग माग गर्नुभएको हो । उहाँले चैनपुर–नुनढाकी सडक निर्माणका क्रममा सुक्खा पहिराले पुरिएर ज्यान गुमाउने ३५ वर्षीय रामकुमार राई र २० वर्षीय हिमबहादुर मगर प्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना ब्यक्त गर्नुभएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय