About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १८ जेठ
मोरङको उर्लाबारी नगरपालिकाको कार्यपालिकाले पूर्णता पाएको छ । पाँच जना महिला र तीन जना अल्पसंख्यक, दलितबाट निर्वाचित कार्यपालिका सदस्यले आज सपथ लिएसँगै कार्यपालिकाले पूर्णता पाएको हो । उनीहरुलाई नगर प्रमुख गंगाप्रसाद खरेलले सपथ गराएका हुन् ।
१९ सदस्यीय कार्यपालिकामा नगर प्रमुख, उपप्रमुख, ९ वटै वडाका वडाध्यक्ष, पाँच जना महिला सदस्य र तीन जना अल्पसंख्यक र दलित सदस्य रहने व्यवस्था रहेको छ । उर्लाबारीको कार्यपालिकामा नेकपा एमालेका १५ जना र नेपाली काँग्रेसका ४ जना छन् । नेकपा एमालेबाट नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौडेल, वडाध्यक्षहरु वडा नं. १ का तिलक पाण्डे, वडा नं. ३ का भीष्म बुढाथोकी, वडा नं. ५ का रविन लामा, वडा नं. ७ की उर्मिला थापा, वडा नं. ८ का कुलबहादुर कार्की, महिला सदस्यहरु कृष्णमाया कडरिया, सन्तकुमारी विश्वकर्मा, सीता बुढाथोकी, मनमाया तामाङ र कल्पना कामी रोक्का, अल्पसंख्यक, दलिततर्फ सुनिल धिमाल, कृष्ण वर्देवा र डम्बर भुजेल रहेका छन् । यस्तै, नेपाली काँग्रेसबाट वडाध्यक्षहरु वडा नं. २ का राजन कँडेल, वडा नं. ४ का कल्याणकुमार राई, वडा नं. ६ का चिन्तामणि पौडेल र वडा नं. ९ का नरबहादुर मोक्तान रहेका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय