About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

अर्थशास्त्री प्रा डा दिलनाथ दंगालले स्थानीय तहलाई वजेट वनाउदा चार क्षेत्रमा सिमित गर्न सल्लाह दिनुभएको छ । उहाँले सप्तकोशी एफएमको कार्यक्रम सप्तकोशी वहस मार्फत वजेट वनाउदा चार वटा क्षेत्र निर्धारण गर्न सल्लाह दिनुभएको हो । आर्थिक विकास,पूर्वाधार विकास,सामाजिक विकास र वन वातावरण तथा विपद ब्यवस्थापनका क्षेत्र निर्धारण गरेर वजेट विनियोजन गर्न सुझाव दिनुभएको हो । गत वर्षको कपि पेष्ट मात्र नगर्न पनि उहाँको सुझाव छ । गत वर्षका योजना समयमै सक्न डा दंगालको सल्लाह छ । उहाँले वस्तिस्तरवाटै योजना निर्माण गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो “फागुन वाट सुरु हुने योजना निर्माणका चरणहरु पूरा हुनुपर्छ ।”प्रदेश सरकार संघ र स्थानीयतह विचको पूलको काम गर्ने सरकार भएकाले त्यहि वमोजिमकै वजेट हुनुपर्ने उहाँको धारणा छ । प्रदेशमा रहेका विज्ञहरुको सल्लाह लिएर प्रदेश सरकारले वजेट वनाउनुपर्छ डा दंगालको राय छ । प्रदेश सरकार छ भन्ने जनतामा अनुभूत गराउन सक्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय