
काठमाडौं – झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान काठमाडौं फिर्ता भएको छ ।भद्रपुरका लागि १० बजेर ४३ मिनेटमा ६९ जना यात्रुलिएर उडेको जहाज बीचबाटै फर्किएको हो ।फ्लाइट नम्बर–९५३ ‘ए–एनपी’ विमान ११ बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ । पाङ्ग्रामा समस्या देखिएपछि काठमाडौ फर्काएको हो । जहाजको टायरमा प्राविधिक समस्या भएको वताइएको छ । सवै यात्रुहरुलाई वुद्धकै अर्को जहाज वाट भद्रपुर पठाइएको छ ।