
धरान,धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गले सप्तकोशीको पानी ल्याएर धरानको खानेपानी समस्या समाधान गर्न सर्वसाधारणको सहयोगको अपेक्षा गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसवुकमा लेख्नुभएको छ “कोशीको पानी ल्याएर धरानलाई खुवाउने पुण्यकर्ममा एउटा इट्टा थप्न चाहनेहरुका लागि सरकारी खाता नम्वर चाडै दिनेछौं । सरकारको मात्र मुख नताकौ।”उहाँको यो स्टाटसपछि समर्थन र विरोधमा हजारौ प्रतिक्रिया आएका छन । पत्रकार केशव घिमिरे लेख्नुहुन्छ “कुन प्राविधिकले कति पैसा लाग्छ भनेर रिपोर्ट दिएको छ मेयरज्यु ?फेसबुकबाट सबै कुरा हुँदैन ।कसले सल्लाह दिन्छ यस्तो ।टेवुलमा काम गरेर पहिला योजना ल्याउनुस । अनि यतिलाग्छ भनेर माग्दा ठिक होला । ”
प्रमोद भटटराईको प्रतिक्रिया छ “यसरी त हुन्न हौ मेयर साप अलिक जिम्मेवार ढंगबाट अघि बढौ जनता को अपेक्षा धेरै छ तपाई सँग !कोशीको पानी धरान ल्याउन कति संभव छ अध्ययन टोलि बनाउनुस!लागत कति लाग्छ डिपिआर बनाउन लगाउनुस अनिबल्ल बजेट काहीँ बाट आएन भने जनता सामु हात फैलाउनुस।मेरो निजि बिचार चाहिँ कोशिको पानी धरान ल्याउन एक्दमै गार्हो छ तर असंम्भव नै त भन्न मिल्दैन!किनकी सप्तकोसी अजिव प्रकारको नदि हो बर्षै पिछे कोशिले आफ्नो धार र बहाव परिवर्तन गर्छ अनि कुन ठाउँ बाट तान्नु हुन्छ कहाँ स्टोरेज गर्नु हुन्छ !!कति लाख लिटर तान्ने!!??“




चित्रगुप्त साँवा धराने जनताको काकाकुलवाट मुक्त हुने सपना पूरा होस आफूपनि सहयोगमा सामेल हुने जनाउनुहुन्छ । विनोद आले मगर केन्द्रको वजेट ल्याउन सल्लाह दिनुहुन्छ “मेयर साव सुरुमा केन्द्र को बजेट ल्याउने प्रयास गर्नुहोस भएन भने नगरको बजेट छुटाउने प्रयास गर्नु होस त्यो पनि भएन सहयोगी हात खोज्नुहोस धराने जनतालाई सहयोग माग्नु होस तर कतै प्रयास नगरी हात फैलाउनु चै अलिक राम्रो सुनिएन। ”
राज कालिकोटेले सकारात्मक प्रतिक्रिया दिनुभएको छ उहाँ लेख्नुहुन्छ “सहि हो।यो धेरै राम्रो आइडिया निकाल्नु भयो तपाइले यदि हामी धरान बासी सबै मिलेर एक साथ भएर संकलन गर्ने हो भने पकै पनि चतरा को पानी ल्याउन सकिन्छ।धन्यवाद !!हर्क दाज ” ।
सकारात्मक भन्दा नकारात्मक प्रतिक्रिया धेरै आएपछि मेयर हर्क साम्पाङ्ग आज विहानै फेसवुक लाइभमा देखिनुभयो । केहि नगर्ने र गर्न पनि नदिनेहरुले धेरै विरोध गरेको उहाँको प्रतिक्रिया छ । विदेशवाट आफूवाट फोन गरेर सहयोग गर्न चाहनेहरुको सजिलोको लागि सरकारी खाता नम्वर दिन लागेको उहाँको भनाई छ उहाँले भन्नुभएको छ “सहयोग गर्न चाहनेहरुका लागि हो ! अनिवार्य सहयोग गर्नै पर्छ भन्ने होइन ! नकारात्मकताले होइन सकारात्मकताले भरौँ जीवनलाई ! ”
कोशीको पानी ल्याएर खुवाउने आफनो प्रतिवद्धता पूरा गरेरै छाडने उहाँको भनाई छ ।