About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १७ जेठ
उर्लाबारीमा विद्यालयस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । हरियाली बाल क्लब उर्लाबारी–२ डुम्रेको आयोजनामा वडा नं. २ र ३ का विद्यालय स्तरीय फुटबल प्रतियोगिता हुने भएको हो ।
डुम्रेस्थित खेलमैदानमा यही जेठ २१ र २२ गते हुने प्रतियोगितामा ६ वटा विद्यालयको सहभागिता रहने क्लबका अध्यक्ष महेश भण्डारी (सक्षम) ले बताए । उक्त प्रतियोगितामा वडा नं. २ का सुनपकुवा मावि र सुनझोडा मावि तथा वडा नं.३ का दुर्गा मावि, सनसाइन बोर्डिङ स्कुल, शुभकामना बोर्डिङ स्कुल र विद्याज्योति बोर्डिङ स्कुलको सहभागिता रहने भण्डारीले बताए ।
प्रतियोगिताको विजेताले नगद ६ हजार, उपविजेताले ४ हजारसहित दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै, हाइ स्कोरर, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र फरवार्डलाई समेत पुरस्कृत गरिने अध्यक्ष भण्डारीले बताए । प्रतियोगिता सम्पन्न गर्न स्थानीय संघसंस्था र सामाजिक व्यक्तित्वहरुबाट सहयोग संकलन गरिएको उनले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय