About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १७ जेठ
मोरङको उर्लाबारी नगरपालिकामा वडा तहमा विपद व्यवस्थापन समिति गठन हुने भएको छ । सम्भावित विपद्लाई न्युनीकरण गर्न र विपद्पछि उद्दार र प्रतिकार्यका लागि वडा तहमा समिति गठन गरिने भएको हो ।
आज बसेको नगर स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले वडा स्तरीय समिति गठन गर्ने निर्णय गरेको हो । समितिका संयोजक तथा नगर प्रमुख गंगाप्रसाद खरेलको अध्यक्षतामा बसेको बैठकले विपद्को समयमा आवश्यक पर्ने सामग्री तत्काल व्यवस्थापन गर्ने, आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना गर्ने र विपद व्यवस्थापन कोषमा आवश्यक रकमको व्यवस्था गर्ने निर्णय गरेको समितिका सदस्य तथा प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जानकारी दिए ।
वडाध्यक्षको संयोजकत्वमा गठन हुने वडा स्तरीय विपद व्यवस्थापन समितिमा वडा सदस्य, राजनीतिक दलका वडा अध्यक्षहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि रहने व्यवस्था रहेको छ । बैठकमा उर्लाबारीमा आइपर्ने सम्भावित विपद, रोकथाम र विपदपछि गर्नुपर्ने कार्यका बारेमा छलफल भएको थियो । नगर प्रमुख संयोजक रहेको नगर स्तरीय विपद व्यवस्थापन समितिमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, इलाका प्रशासन कार्यालयका प्रतिनिधि, राजनीतिक दलका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, उद्योग वाणिज्य संघ, रेडक्रस, सञ्चार क्लबका अध्यक्ष सदस्य रहेका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय