About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १६ जेठ
उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले निर्वाचनताका भन्ने गरेका थिए, ‘नगर प्रमुखमा निर्वाचित भएपछि सबै क्षेत्रसँग राय, सल्लाह, सुझाव लिएर उर्लाबारीको विकासको योजना बनाउने छु ।’ निर्वाचित भएलगत्तै उनले यो प्रक्रियाको सुरुवात गरेका छन् ।
पदभार ग्रहण गरेको एकसाता नबित्दै उनले तीन वटा बैठक गरी राय सुझाव लिएका छन् । पहिलो पटक उनले नगरका राजनीतिक दलका प्रमुखलाई बोलाएर छलफल गरेका थिए । त्यसपछि नगरपालिकाका कर्मचारीसँग छलफल गरे । आज सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग शैक्षिक सुधारका विषयमा राय, सुझाव संकलन गरेका छन् ।
‘नगरका सबै पक्षसँग छलफल गर्छु, राय सुझाव लिन्छु’ उनले भने, ‘सबैको साथ सहयोगले समृद्ध उर्लाबारी बनाउने योजना सफल हुन सक्छ ।’ नगरको समग्र विकासको विषयमा सरोकारवालासँगको छलफलले जनप्रतिनिधिहरुलाई योजनाबद्ध रुपमा अघि बढ्न सहयोग पुग्ने उनले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय