About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उदयपुर – उदयपुरको त्रियुगा नगरपालिकाको अन्तिम परिणाम आएसँगै प्रदेश नम्वर १ का सवै पालिकाको परिणाम सार्वजनिक भएको छ । उदयपुरको त्रियुगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका बसन्त बस्नेत निर्वाचित हुनु भएको छ। उहाँले निकटतम् प्रतिद्धन्द्धि एमालेका उम्मेदवार भागवत राउतलाई २ हजार ८६ मतान्तरले पराजित गर्नुभयो ।बस्नेतले १३ हजार ९५९ मत प्राप्त गर्दा एमालेका राउतले ११ हजार ८७३ मत प्राप्त गर्नुभयो। अर्का प्रतिस्पर्धी निवर्तमान नगर प्रमुख नेकपा एकीकृत समाजवादीका उम्मेदवार बलदेव चौधरीले ९ हजार १४७ मत पाउनु भएको थियो ।नगर उपप्रमुखमा एमालेकी महेश्वरी राई विजयी हुनु भएको छ । उहाँले कांग्रेस उम्मेदवार सरिता राईलाई १ हजार ७२२ मतले पराजित गर्दै उपप्रमुखमा विजयी हुनु भएको हो । एमालेकी महेश्वरीले १३ हजार ७०३ मत र कांग्रेसकी सरिताले ११ हजार ९८१ मत ल्याउनु भएको छ ।१६ वटा वडा रहेको त्रियुगा नगरपालिकामा ९ वटा वडामा नेपाली कांग्रेस, ४ वटामा एमाले र ३ वडामा माओवादी निर्वाचित भएको छ ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय