About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

 

काठमाण्डौ – हिजोदेखि हराइरहेको तारा एअरको जहाज फेला परेको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथि नारायण सिलवालले ट्वीटरमार्फत जहाज रहेको ठाउँ पत्ता लागेको जानकारी गराउनुभएको हो । नेपाली सेनाको टोलीले जहाज थसाङ २ मुस्ताङमा दुर्घटनाग्रस्त अवस्थामा फेला पारेको हो । हिजोे दिनभर खोज्दा पनि हेलिकप्टर पत्ता लागेको थिएन । हराइरहेको जहाज अन्तिम पटक जोमसोम टावरसँग हिजो बिहान १० बजेर ७ मिनेटमा घोडेपानी भन्ने ठाउँमा सम्पर्कमा आएको र त्यसपछि सम्पर्कविहीन थियो ।खराब मौसम र अँध्यारोका कारण रातभर रोकिएको खोजी काम आज बिहान ५ बजेदेखि सुरु भएको छ । जहाजमा चालक दलका तीन सदस्य, दुई जर्मन नागरिक, चार भारतीय नागरिक र १३ जना नेपाली गरी जम्मा २२ जना छन ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय