About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

 

अर्थमन्त्री जर्नादन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० का लागि वजेट प्रस्तुत गरिरहनुभएको छ । उहाँले प्रस्तुत गर्नुभएको वजेट पूर्व क्षेत्रका विभिन्न योजनाहरु समेटिएका छन । चतरा सगरमाथा दु्रत मार्ग निर्माण गरिने भएको छ।चतरा देखि सगरमाथा क्षेत्रसम्म दुईघण्टामै पुग्न सकिने गरि यसैबर्षदेखि दु्रतमार्ग निर्माण सुरु गरिने वजेटमा उल्लेख गरिएको छ । उदयपुरमा विमानस्थल निर्माण सुरु गरिने अर्थमन्त्री जर्नादन शर्माले वजेटमा उल्लेख गर्नुभएको छ । सुनसरीमा विशेष आर्थिक क्षेत्र निर्माण गरिने भएको छ । दमकमा औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणमा वजेट विनियोजन गरिएको छ ।सिलिगुढी देखि चारआली पेट्रोलियम पाइपलाईन निर्माण गरिने गरिने भएको छ ।सगरमाथा क्षेत्रमा पर्वतारोहण अनुसन्धान केन्द्र स्थापना गरिने भएको छ । तमोर करिडोर र मेची करिडोरको स्तरोन्नतीका लागि वजेट विनियोजन गरिएको छ । विराटनगर धरान ट्राम यातायातको सम्भाब्यता अध्यन गरिने भएको छ । कोशी चतरामा फेरी ट्रमिनल निर्माण गरिने वजेटमा उल्लेख गरिएको छ । काकडभित्ता लौकही चारलेन सडक विस्तार गरिने वजेटमा वताइएको छ । तमोर चिसाङ्ग डाइभर्सन योजनाको सम्भाब्यता अध्यन सुरु गरिने भएको छ ।कन्काई,कमला,रतुवा,सुनसरी खोलामा वाढि नियन्त्रणका लागि वजेट विनियोजन गरिएको छ ।

 

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय