About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

धरानं– पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाजको खोजी कार्य जारी छ । दुर्घटनाको अहिले सम्म आधिकारिक पुष्टि भएको छैन । तर धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ्गले सामाजिक सञ्जाल फेसवुक मार्फत श्रद्धाञ्जली दिनुभएको छ । उहाँले लेख्नुभएको छ “हवाईजहाज दुर्घटनामा ज्यान गुमाउनेहरु प्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै थोत्रे हवाईजहाजहरु विर्सजन गर्न गराउन नेपाल सरकारलाई अनुरोध गर्दछु ।” उहाँले एक घण्टा अघिनै यो पोष्ट गर्नुभएको हो । यो समाचार तयार पारुञ्जेल सम्ममा ९सय८० जनाले कम्मेन्ट गरिसकेका छन । अधिकांशले श्रद्धाञ्जली दिन हतार नगर्न आग्रह गरेका छन । दिल सिरिषले कम्मेन्ट गर्नुभएको छ “मेयरसावलाई पनि फेसवुक र युटयुवले दु:ख देला जस्तो देखियो । तथ्यको जाँच नगरी श्रद्धाञ्जली दिन हतारो भयो ।” दिनेश निरौला सुझाव दिनुहुन्छ आधिकारिक पुष्टि नभई श्रद्धाञ्जली दिन तपाईलाई के को हतार ? सानो सानो कुरा याद गरौ मेयर ज्यू ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय