
काठमाडौं– पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज दुर्घटना भनेर फेसवुकमा एउटा फोटो भाइरल भएको छ । जहाजको खोजी कार्य जारी रहदा भाइरल भएको सो फोटो भारतीय सेनाका पूर्व प्रमुख विपिन रावत सवार हेलिकोप्टर दुर्घटनाको हो । उहाँ सवार विमान गत मंसिर २२ गते दुर्घटनामा परेको थियो । तारा एअरको जहाज हराए देखि सोही फोटो फेसवुकमा पोष्ट गरेर तारा एअरको जहाज दुर्घटना भनेर भाइरल भएको छ । एक जनाले फेसवुकमा फोटो प्रयोग गरेपछि अरु सवैले पनि वास्तकिता नवुझी त्यहि फोटो प्रयोग गर्ने चलन सामाजिक सञ्जालमा वढदो छ ।