About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

 

पोखराबाट मुस्ताङको जोमसोम उडेको तारा एयरको ट्विनअटर विमान मुस्ताङको लेतेपहाडमामा ठोक्किएको आशंका गरिएको छ । तर आधिकारिक रुपमा पुष्टि भने भएको छैन ।लेते पहाड थासाँङ्ग गाँउपालिकामा पर्छ । गाँउपालिकाका उपाध्यक्ष सोमल हिराचनका अनुसार केहीवेरअघिसम्म दुईवटा हेलिकप्टरले खोजी गरेका थिए । मौसमको खरावीका कारण खोजीमा समस्या भएपछि हेलिक्पटर पनि फर्केका छन वाँक्लो वादल लागेको छ । विहान ११ वजेसम्म पानी परेको थियो अहिले भने पानी रोकिएको छ । स्थानीयले ठूलो आवाज आएको सुनिएको पनि नवताएको उपाध्यक्ष हिराचनले वताउनुभयो । लेते पहाड गाँउपालिका देखि नजिकै छ हवाई जहाजले खोजिरहेको छ उपाध्यक्ष हिराचनले वताउनुभयो ।चालक दलका ३ जना सहित विमानमा २२ जना सवार थिए । जसमा १३ नेपाली, ४ जना भारतीय र अन्य २ विदेशी नागरिक छन ।बिहान ९:५५ बजे उडेको जहाज सम्पर्कविहीन थियो ।विमानमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को–पाइलट इतासाप पोखरेल र एयर होस्टेज कास्मी थापा थिए।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय