
उर्लाबारी, १४ जेठ माेरङकाे उर्लाबारी नगरपालिकाको कार्यपालिका निर्वाचनमा नेकपा एमालेकाे मात्र उम्मेदवारी परेको छ । पाँच जना महिला र तीन जना दलित, अल्पसंख्यक तर्फ एमालेको मात्र उम्मेदवारी परेपछि उनीहरु निर्विरोध निर्वाचित हुने भएका हुन् । एमालेले दलित, अल्पसंख्यक तर्फ उर्लाबारी ७ का कृष्ण वर्देवा, उर्लाबारी ८ का सुनिल धिमाल र उर्लाबारी ९ का डम्बर भुजेललाई कार्यपालिकामा लगेकाे छ । यस्तै महिला कार्यपालिका सदस्यमा वडा नं १ कि सन्तकुमारी विश्वकर्मा, वडा नं २ कि सीता बुढाथोकी डाँगी, वडा नं ४ कि कृष्णमाया कडरिया, वडा नं ७ कि मनमाया तामाङ र वडा नं ८ कि कल्पना कामी राेक्काकाे उम्मेदवारी परेको छ । एमालेकाे मात्र उम्मेदवारी परेकाले उनीहरु नै कार्यपालिका सदस्य बन्नेछन् । वैशाख ३० गतेको निर्वाचनमा एमालेले मेयर, उपमेयरसहित बहुमत प्राप्त गरेपछि काँग्रेसले कार्यपालिकामा उम्मेदवारी दिएन ।