About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

 

काठमाडौं – नेकपा एमालेका सचिव तथा ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले विमल कार्की हत्याको घटनाको शीघ्र अनुसन्धान गरी दोषीलाई कारबाही गर्न गृहमन्त्री वालकृष्ण खाँणसँग माग गर्नुभएको छ । भट्टराईको नेतृत्वमा गृह मन्त्रालय पुगेको प्रतिनिधिमण्डलले घटनाको शीघ्र अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेको हो । एमाले नेता भट्टराईले एमाले कार्यकर्ता कार्कीको हत्या भएको जनाउदै घटनाबारे छानबिन गर्न माग गर्दै गृहमन्त्री खाँणलाई ध्यानाकर्षण पत्र पनि बुझाउनुभएको छ ।प्रतिनिधिमण्डलसँग सँग कुराकानी गर्दै गृहमन्त्री खाँणले घटनाको सुश्म रूपमा अनुसन्धान गरिने बताउनुभयो ।‘नागरिकको जीवनरक्षा गर्ने सरकारको दायित्व हो । ताप्लेजुङमा बैशाख २८ गते राति भएको घटनाको निष्पक्ष छानबिन हुन्छ’, गृहमन्त्री खाँणले भन्नुभयो, ‘छानबिनका क्रममा कोही दोषी देखिए कानुन अनुसार कारबाही हुन्छ ।’गत बैशाख २८ गते राति खोक्लिङको दुङ्जामा कार्की मृत भेटिनुभएको थियो । मैवाखोला गाँउपालिका ढुङ्गेसाँघुमा जेसीवी चालक रहेका कार्की मतदानका लागि घर जादै गर्दा घरनजिकै घटना भएको थियो । जिल्ला अस्पताल ताप्लेजुङ्गका डाक्टरले एमाले कार्यकर्ताको पोष्टमार्टम गर्दिन भनेपछि इलामवाट डाक्टर वोलाएर पोष्टमार्टम गरेको पनि पत्रमा उल्लेख गरिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय