About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

ताप्लेजुङ,ताप्लेजुङको मैवाखोला गाँउपालिकामा सामाजिक सुरक्षाभत्ता वडा वडाबाट बितरण गरिने भएको छ । नवनिर्वाचित गाँउपालिका अध्यक्ष विजय प्रकाश वनेमले वडा वडा वाटै सामाजिक सुरक्षा वितरण गर्ने निर्णयमा हस्ताक्षर गरेर कार्यभार सम्हाल्नुभएको छ । पालिकाको केन्द्रवाट मात्र वितरणगरिदा ३ दिन सम्म कुर्नुपरेको,तीन दिनमा थापेको भत्ता सवै सकिएर रित्तै फकर्नुपर्ने अवस्था रहेकाले वडावाटै वितरण गर्ने निर्णय गरिएको अध्यक्ष वनेमले वताउनुभयो । यस्तै अध्यक्ष वनेमले वृद्धवृद्धा अशक्त, अपाङ्गताभएका र गर्भवती महिलालाई महिनामा एकपटक घरैमा स्वास्थकर्मी पठाएर निशुल्क प्राथमिक स्वास्थ परीक्षण गराउने पहिलो निर्णयमा हस्ताक्षर गर्नुभएको छ । यस्तै प्रत्येक वडाबाट पालिकाको केन्द्र र पालिकाको केन्द्र देखि सदरमुकामसम्म जोड्ने सडकहरुको ग्राभेल ३ बर्षमा सम्पन्न गर्ने निर्णय समेत भएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय