
मधुमल्ला, १० जेठ मोरङको मिक्लाजुङ गाउँपालिकाका नव निर्वाचीत अध्यक्ष बबिकुमार राईले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै उनले गाउँपालिकाभित्रका गरिब, दलित र बिपन्न चार सय ५० घर परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने घोषण गरेका छन् । सोमबार पदभार ग्रहण गर्दै अध्यक्ष राईले सो घोषणा गरेका हुन् । सोमबार जिल्ला न्यायधीस बाट पद तथा गोपनीयताको सपथ ग्रहण पस्चात पदभार ग्रहण गरेका अध्यक्ष राईले मिक्लाजुङ गाउँपालिका क्षेत्रका चार सय ५० जना गरिब, दलित र बिपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने घोषण गरेका हुन् ।



