
काठमाडौं, २९ असार
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार साँझ राष्ट्रपति समक्ष पद तथा गाेपनियताकाे सपथ लिएका छन् । पाँचौ पटक प्रधानमन्त्री पदको सपथग्रहण गरेका देउवाले मंगलबारनै ५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । मन्त्रिपरिषद्मा काँग्रेसबाट बालकृष्ण खाँड र ज्ञानेन्द्रबहादुर कार्की तथा माओवादी केन्द्रबाट पम्फा भुसाल र जनार्दन शर्मालाई समेटेका छन् । खाँडलाई गृह, कार्कीलाई कानुन, न्याय तथा संसदीय मामिला, भुसाललाई उर्जा जलस्रोत तथा सिँचाई र शर्मालाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ । नवनियुक्त चारै जना मन्त्रीले राष्ट्रपति समक्ष सपथ लिएका छन् ।
शेरबहादुर देउवा पहिलो पटक २०५२ भदौ २७ मा पहिलो पटक प्रधानमन्त्री भएका थिए । त्यति बेला उनी ४९ वर्षका थिए । उनी २०५८ साउन ११ मा दोस्रो पटक र २०६१ जेठ २१ मा तेस्रो पटक उनी प्रधानमन्त्री बने । संविधान जारी भएपछि २०७४ जेठ २४ मा देउवा चौथो पटक प्रधानमन्त्री बनेका थिए ।



