About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

ताप्लेजुङ, १० जेठ
ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं. १ का नवनिर्वाचित वडाध्यक्ष चन्द्रकुमार तामाङले वडालाई समृद्ध बनाउन आफ्नो ध्यान केन्द्रीत हुने बताएका छन् । सोमबार पदभार ग्रहण गर्दै उनले विगतमा जनप्रतिनिधिले गरेका राम्रा कामलाई मार्गदर्शनका रुपमा लिँदै अघि बढ्ने बताए ।
युवा जोश, जाँगरका साथ वडा विकासको सपना लिएर अघि बढेका नेकपा माओवादी केन्द्रबाट निर्वाचित तामाङ २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेका दुर्गाप्रसाद तामाङसँग पराजित भएका थिए । यस पटक उनै दुर्गाप्रसादलाई पराजित गर्दै चन्द्र वडाध्यक्ष बन्न सफल भए ।
वडाध्यक्ष तामाङले आफू र आफ्नो टिमलाई विजयी गराउन सहयोग गर्ने सबै वडाबासीप्रति आभार प्रकट गर्दै सबैको सल्लाह सुझावलाई अनुसरण गर्दै विकासका कार्यमा अघि बढ्ने प्रतिबद्धता जनाए । वडामा नवनिर्वाचित वडाध्यक्ष तामाङसहित वडा सदस्यहरु रामकुमार चोङबाङ, गणेश लिम्बू, विनु लिम्बू र ममता विकलाई वडा सचिव सुवर्ण ढकाललगायतले स्वागत गरेका थिए । सो अवसरमा निवर्तमान जनप्रतिनिधिहरुलाई विदाई समेत गरिएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय