
उर्लाबारी, ९ जेठ
मोरङको उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणसँगै उनले तीन वटा निर्णयमा हस्ताक्षर गरेका छन् । नगरपालिकाले प्रदान गर्ने सेवालाई व्यवस्थित, विश्वासनीय, प्रभावकारी बनाउनका लागि र नागरिकको सहज पहुँच पु¥याउनका लागि सूचना प्रविधिको प्रयोग मार्फत गुणस्तरीय सेवाको सुनिश्चितताका लागि सेवा प्रवाह मापदण्ड निर्माण गर्ने, हरेक वडामा हेल्प डेस्क स्थापना गर्ने र नगरको तथ्यांकलाई डिजिटल डेटा वेशमा लैजाने निर्णयमा उनले हस्ताक्षर गरेका हुन् ।
यस्तै, उपप्रमुख मीना खतिवडा पौडेलले समेत पदभार ग्रहण गरेकी छिन् । सो अवसरमा उनले राजश्व परामर्श समितिको बैठक बोलाई करको दायरालाई फराकिलो बनाउने, राजश्वलाई व्यवस्थित गर्ने विषयमा हस्ताक्षर गरेकी छिन् । आजै उर्लाबारीका प्रायः सबै वडाध्यक्षले पनि पदभार ग्रहण गरेका छन् ।



