
विराटनगर । प्रदेश नम्वर १को एकमात्र महानगरपालिका विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ। विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका नागेश कोईरालाले २० हजार ७९५ मत प्राप्त गर्दा उनलाई नेकपा एमालेका सागरकुमार थापाले पछ्याउँदै १५ हजार४३४ मत प्राप्त गरेका छन् । प्रमुखमा स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवको लालटिनले ६ हजार४७७ मत प्राप्त गरेको छ । उपप्रमुखमा नेकपा एमालेकी शिल्पा निराला कार्कीले १७ हजार ८७९ मत ल्याउँदा गठबन्धनका उम्मेदवार जसपाका अमरेन्द्र यादवले १० हजार ३९४ मत प्राप्त गरेका छन् । राप्रपाकी विन्दाकुमारी लुईटेल आचार्यले ४ हजार ८६६ मत ल्याएकी छिन् । विराटनगर महानगरपालिकाको वडा नम्बर १, २, १४ र १९ एमलेले बिजयी भएको छ भने, वडा नम्बर ७, १५ र १६मा नेपाली कांग्रेस विजयी भएको छ। त्यस्तै वडा नम्बर १३ मा राप्रपा, वडा नम्बर १७ मा जसपा विजयी हुँदा वडा नम्बर १८मा स्वतन्त्र निर्वाचित भएका छन् । अहिले वडा नम्वर ३, ४, ५, ६, ८, ९, १०, ११, १२ वडाको मत गणना जारी छ । विराटनगरमा ८९७८९ मत खसेको छ ।